काठमाडौं- डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले अनसन अन्त्य गर्न आग्रह गरेको छ । शनिबार डा. केसीका मागबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित प्रधानमन्त्रीसँग छलफल गरेको टोलीले त्यसपछि अपरान्ह एक विज्ञप्ति निकाल्दै अनशन अन्त्य गर्न आग्रह गरेको हो।
सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीद्वारा हस्ताक्षरित विज्ञप्तीम भनिएको छ, ‘नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षा बिस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड १९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको हालको अवस्थामा यस्तो विषम परिस्थितिलाई मनन एवं आतमासाथ गर्दै आफ्नो अनशन अन्तय गरिदिनुहुन प्राडा गोविन्द केसीलाई वार्ता समिति विनर्मतापूर्वक हार्दिक अनुरोध गर्दछ’।,
यसबाट ओलीले डा. केसीका माग सम्बोधन नगर्दै अनसन त्याग्न आग्रह गरेको देखिन्छ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै डा. केसी २७ दिनदेखि आमरण अनशनमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।