काठमाडौं- सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले डा. गोविन्द केसीका मागकाविरुद्ध अहिले अनसन नै त्याग्न भनेका छन् ।
लामो समयदेखि जायज माग राखेर सत्याग्रह बस्दै आएका डा. केसीका मागको सम्बोधन गर्नुत कहाँ हो सरकारले उल्टै माग सम्बोन्धन गर्ने कुरा नराखी सत्याग्रह त्याग्न आग्रह गरेको थियो ।
बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले देशमा असामान्य अवस्था रहेको भन्दै सत्याग्रह त्याग्न भनेका हुन् ।
उनले भने, ‘अहिले कोरोनाका कारण देशमाअसामान्य अवस्था छ। आजमात्रै हामीले एकजना राम्रो चिकित्सकलाई गुमाएका छौं। यतिबेला आन्दोलन, धर्ना उपयुक्त हुन्छ ररु यदी केही कुराहरु छन् भने पछि पनि त छलफल गर्न सकिन्छ नि।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।