काठमाडौं - कोरोना संक्रमित नेकपाकी सचेतक शान्ता चौधरीलाई शान्ता चौधरीलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको छ। बीर अस्पतालको भीआइपी कक्षमा उपचाररत चौधरीलाई पछिल्लो चार दिन स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारको लागि गएरातीदेखि आइसीयूमा सारिएको हो।
यस अघि उनी आफैँले आफूलाई फोन नगर्न भनेर फेसबुकमा पोष्ट गरेकी थिइन्। उनले आफूलाई स्वास फेर्न समस्या भइरहेको र अक्सिजनको सहायता लिएको बताएकी थिइन्। चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।
शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् । उनलाई अन्य रोगसमेत रहेकोले उनलाई चिकित्सकहरुले अत्यधिक निगरानीमा राखेको बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।