सर्लाही - सर्लाही रामनगरका सबै कम्युनिष्ट कांग्रेस प्रवेश काठमाडौं । सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ अन्तरगत रामनगर गाउँपालिकाका २५० जना व्यक्तिहरु कांग्रेस प्रवेश गरेका छन्। नेकपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका श्याम यादवसहित २५० आज कांग्रेसमा प्रवेश गरेका हुन्।
रामनगर गाउँपालिका ५ स्थित विर्ताटोलमा रामनगर गाउँ समितिले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा कम्युनिष्ट पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन्।
नेकपाको तर्फबाट वडा नम्बर १ को वडा अध्यक्षको उम्मेदवार, ५ नम्बर वडाका निर्वाचित सदस्यहरु क्रमश श्याम यादव, मोमलती यादव,राजदेव यादव, चन्देश्वर यादव,बेचन यादव, अंसीक यादव,रामबाबु यादव,सुबोध यादव शिवजी यादव लगायतका २५० जना व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।
उनीहरु सबैलाई कांग्रेसका नेता अमरेश कुमार सिंह र प्रदेश सभा सदस्य बीरेन्द्र सिंहले स्वागत गरेका हुन्। नेकपा छोडेर कांग्रेस प्रवेश गर्नेहरुले नेकपा भ्रष्टाचारमा लिप्त भएको र लोकतन्त्रको रक्षा गर्न कांग्रेस जति उपयुक्त पार्टी अरु नभएकोले नेकपालाई खबरदारी गर्न कांग्रेस प्रवेश गरेको बताए।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।