सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन

कांग्रेस पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 5.5K
    SHARES

  • कांग्रेस पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन

    काठमाडौं- नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि काठमाडौंको ओम अस्पतालमा उनी भर्ना भएका थिए ।

    उपचारका क्रममा शुक्रबार दिउँसो साढे एक बजे प्रसाईंको मृत्यु भएको हो । १९७८ को माघ १५ मा जन्मिएका उनी स्वर्गीय कृष्णप्रसाद भट्टराई सभापति हुँदा विसं २०४८ को आठौं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका थिए । 

    त्यसअघि २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए । पूर्वकोषाध्यक्ष प्रसाईंको निधनप्रति नेपाली कांग्रेसले दुस्ख व्यक्त गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले प्रसाईंले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend