काठमाडौं - सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसन बसिरहेका डाक्टर गोविन्द केसीको माग सरकारले तत्काल पुरा गर्नुपर्ने बताएका छन्। डाक्टर केसीको स्वास्थ्यप्रति संवेदशनशिल नभएको भन्दै उनले ओली सरकारको ध्यानाकर्षण गराएका हुन्।
केसी अनशन बसेको २५औं दिनमा सामाजिक सन्जालमा केसीको निरन्तर अनशनका कारण चिकित्सा शिक्षा सुधारका क्षेत्रमा धेरै काम भएको र यो सबैले गौरव गर्नुपर्ने कुरा भएको लेखेका छन् ।
‘डा. गोविन्द केसी १९औं अनशनको २५औं दिनमा हुनुहुन्छ । डा. केसीसँग कैयौँ विषयमा असहमति हुन सक्ला र छन् पनि । सबै मिलेर कोरोनाविरुद्ध जुध्नुपर्ने बेलामा यसपटक अनशनको समयबारे सोच्नुपर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ,” उनले लेखेका छन्, “तर के कुरामा शंका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ । उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो ।”
केसीको जीवन महत्त्वपूर्ण रहेकाले यतिबेला सरकार, केसी स्वयं र सबैले उनको जीवनरक्षामा ध्यान दिनुपर्ने प्रवक्ता श्रेष्ठको जोड छ । “यस सन्दर्भमा सरकारले हिजो डा। केसीसँग वार्ताका लागि टोली गठन गरेर सकारात्मक पहल गरेको छ । आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ । समाधान हुनेछ,” उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।