बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

मेयर विद्या सुन्दर शाक्य मस्त निन्द्रामा : एकप्तामा १० हजार कोरोन संक्रमित थपिएको पत्तो नपाएकै हो ?

मेयर विद्या सुन्दर शाक्य मस्त निन्द्रामा : एकप्तामा १० हजार कोरोन संक्रमित थपिएको पत्तो नपाएकै हो ?

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 8.7K
    SHARES

  • मेयर विद्या सुन्दर शाक्य मस्त निन्द्रामा : एकप्तामा १० हजार कोरोन संक्रमित थपिएको पत्तो नपाएकै हो ?

     काठमाडौं - पछिल्लो एक हप्तामै काठमाडौं उपत्यकामा १० हजार बढि कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो एक हप्तामै उपत्यकामा १० हजार बढी व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जानकारी गराए।

    बिहीबारमात्र उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंका २०८५, ललितपुरका ३२० र भक्तपुरका १३५ छन्। प्रवक्ता गौतमले उपत्यकामा निषेधज्ञा खुलेसँग मानिसहरूको चहलपहल बढेको र स्वास्थ्य मापदण्ड पूरा पालना नगरिएका कारण संक्रमण संख्या ह्वात्तै बढेको जनाए।

    तर, हजार बेडको आइसोलेसन बनाउने घोषणा गरेको काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य भने निकम्मा बनेर बसिरहेका छन्। बाहिरबाट उपत्यका आउने व्यक्तिहरू दुई साता क्वारेन्टिनमा बसेर काममा फर्किने मापदण्ड भए पनि त्यो पनि पालना नभएको मन्त्रालयले जनाएको छ।

    पछिल्लो समय उपत्यकामा संक्रमण दर ह्वात्तै बढेकाले अस्पतालहरूमा समेत बेड अभाव हुन थालेको छ। अधिकांश अस्पतालहरूले आइसियू बेड भरिएको भन्दै नयाँ बिरामी भर्ना गर्न नसकिने जनाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend