काठमाडौं- देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । केहि दिअघि स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो ।
उक्त प्रस्तावले आज २५ हजार सक्रिय संक्रमित नाघेसँगै आशंका उब्जाएको छ । यद्यपी अहिले सम्म स्वास्थ्य मन्त्रालय एवं मन्त्रिपरिषद्ले फेरि लकडाउन गर्ने विषयमा कुनै किसिमको जानकारी एवं निर्णय गरेको छैन् ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ । सक्रिय संक्रमित २५ हजार नाघे पनि सुरक्षा मापदण्ड कडाइ गर्दै यथास्थितीमा अघि बढ्ने सरोकोरवालाहरुको भनाइ छ ।
उद्योग व्यवसायहीहरुले समेत अर्को लकडाउनको विरोध गरेका छन् । यद्यपी स्थिती अति नै भयो भने स्वास्थ्य मन्त्रालयले सोच्नसक्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।