आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतको ३ करोड बढी आर्थिक सहयोगमा टीकापुरमा एक विद्यालय भवन निर्माण सम्पन्न

भारतको ३ करोड बढी आर्थिक सहयोगमा टीकापुरमा एक विद्यालय भवन निर्माण सम्पन्न

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 7.5K
    SHARES

  • भारतको ३ करोड बढी आर्थिक सहयोगमा  टीकापुरमा एक विद्यालय भवन निर्माण सम्पन्न

    काठमाडौं - भारत सरकारको आर्थिक सहयोगमा कैलालीको टीकापुरमा एक विद्यालय भवन निर्माण सम्पन्न भएको छ। भारतको ३ करोड बढी आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको श्री सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ ।

    काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा भवनको उद्घाटन सम्पन्न भएको हो ।

    ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा सहितको उक्त दुई तल्ले विद्यालय भवनको निर्माण गरिएको हो । 

    नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।  सुदूरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको नेपालस्थित भारतीय दूतावासले जनाएको  छ । 

    bharatsarkaar.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend