सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बन्द भएको विद्यालय कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले यसरी खुलाए

बन्द भएको विद्यालय कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले यसरी खुलाए

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 7.2K
    SHARES

  • बन्द भएको विद्यालय कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले यसरी खुलाए

     काठमाडौं - विद्यार्थी नभएर २ वर्ष अघि बन्द भएको गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोटको मकैपुर आधारभूत विद्यालय पुन संचालनमा आएको छ। बन्द भएको झण्डै तीन वर्ष पछि वडा अध्यक्ष शरण श्रेष्ठको समन्वयमा विद्यालय संचालनमा आएको हो।

    ‘यहाँको भेग भने ठूलो हो तर, गाउँमा कसैले छोरा छोरी नपढाउने शहर लैजाने गर्नाले विद्यार्थी नभएर २०७५ सालमा विद्यालय बन्द भएको थियो,’ वडा अध्यक्ष श्रेष्ठले मिडियाडबलीसँग भने, ‘हामीले विद्यालयमा पठन पाठनको काम सुरु गरिसक्यौँ। यो वर्ष कक्षा २ सम्म पढाई हुन्छ।’

    शहिद लखन गाउँपालिकाको कार्यपालिका बैठकले बन्द भएको उक्त विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै विद्यालयमा लामो समयपछि चहलपहल सुरु भएको हो। एक जना पनि विद्यार्थी नभएर बन्द भएको विद्यालयमा अहिले बाल कक्षामा ८ जना, कक्षा १ मा १२ जन र कक्षा २ मा चार जना विद्यार्थी भर्ना भइसकेका छन्। विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमकै बिच अहिले शिक्षकहरुले सिकाई सहजीकरण गरिरहेका छन्।

    ‘गाउँपालिकाले पनि असाध्यै राम्रो भूमिका खेल्यो। बन्द भएको विद्यालय खुलाउन स्थानीयहरुले पनि उत्तिकै साथ दिएकोले आज विद्यालयमा २४ जना विद्यार्थी भइसकेका छन्,’ वडा अध्यक्ष श्रेष्ठ भन्छन्, ‘गाउँपालिकाले पनि एक शिक्षकको दरबन्दी तोकेर पठाइसकेको छ।’

    गाउँमा रहेको विद्यालय खुलाउन स्थानीय पुन जागरुक भएको उनी बताउँछन्। पहिले शहरमा बसेर पढ्नेहरु अहिले आफ्ना अभिभावकहरुसँगै कोरोनासँग जोगिँदै गाउँमा छन्। उनीहरु अब गाउँकै विद्यालयमा बालबच्चा पढाउने सोँच छन्।

    ‘गाउँपालिकाले, स्थानीयले जति सहयोग गरेको छ। उत्तिकै सहयोग विभिन्न संस्था, व्यक्तिहरुले पनि सहयोग गर्नु भएको छ,’ वडा अध्यक्ष श्रेष्ठ भन्छन्, ‘वडाले पनि विद्यालय संचालनको लागि सहयोग गरेको छ।’ बु

    धबारमात्रै गोरखा नगरपालिका ३ का व्यवसायी जीवन खड्का र नेपाल विद्यार्थी संघ गोरखाका उपाध्यक्ष शिवहरि तिमल्सिनाले विद्यार्थीहरुलाई आवश्यक किताब, कापीलगायत स्टेशनरीका सामग्रीहरु सहयोग गरेका थिए। विद्यालयको ब्यवस्थापन पक्षमा सुधार गर्दै शैक्षिक गुणस्तर बढाउन गाउँपालिका सँग समन्वय भएको र सहयोग मिलेको वडा अध्यक्ष श्रेष्ठले बताए।

    ‘गाउँपालिकाका अध्यक्ष रमेश थापा सर जनप्रतिनिधि हुनुभन्दा पहिले शिक्षक हुनु भएकोले पनि उहाँले विद्यालय संचालनमा विशेष चासो दिनु भयो,’ वडा अध्यक्ष श्रेष्ठले भने। गाउँपालिका र गाउँपालिकाको शिक्षा शाखाले विद्यालय संचालनको लागि व्यवस्थापनको पाटो बलियो बनाउन लागि परेको श्रेष्ठले जानकारी दिए।

    स्थानीय पाँच वटा टोल विकास संस्थाले पनि विद्यालय संचालनका लागि विशेष भूमिका खेलेका छन्। नेपाली कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएको श्रेष्ठले वडामा कुनै राजनीति पूर्वाग्रह नराखी सेवा प्रदान गर्दै आइरहेका छन्। उनी गोरखामा नमूना वडा अध्यक्षको रुपमा चिनिन्छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend