बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोनाको भाइरस हातमा ९ घण्टासम्म सक्रिय रहन्छ

कोरोनाको भाइरस हातमा ९ घण्टासम्म सक्रिय रहन्छ

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 6.7K
    SHARES

  • कोरोनाको भाइरस हातमा ९ घण्टासम्म सक्रिय रहन्छ

     काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस मान्छेको हातमा छोइयो भने ९ घण्टासम्म सक्रय हुने अनुसन्धानाट खुलेको छ। जापानमा गरिएको एक अध्ययनले कोरोना भाइरस मानिसको छालामा फ्लु भाइरसभन्दा निकै लामो समयसम्म बाँचिरहन सक्ने तथ्य पत्ता लगाएको छ। अनुसन्धानकर्ताका अनुसार कोरोना ९सार्स–कोभ–२० मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्ने पाइएको हो। वैज्ञानिकका अनुसार फ्लु गराउने इन्फ्लुएन्जा भाइरस भने छालामा २ घण्टा जति मात्रै जीविति रहन सक्छ। तर यी दुवै भाइरस साबुनपानीले धुँदा वा सेनिटाइजर लगाउँदा निष्क्रिय हुन्छन्। यो अध्ययनले कोरोनाबाट बच्न साबुनपानीले मिचीमिची हात धुनु तथा सेनिटाइजर लगाउनुको महत्वलाई पुनः पुष्टि गरेको छ। क्लिनिकल इन्फेक्सियस डिजिजेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार अरू भाइरसका तुलनामा कोरोना सम्पर्कका माध्यमबाट छिटो सर्न सक्ने देखिएको लाइभसाइन्समा उल्लेख छ। यसअघि अमेरिकामा गरिएको अध्ययनले कोरोना तामामा ४ घण्टा, कागजको बोर्डमा २४ घण्टा तथा प्लास्टि र स्टेनलेस स्टिलमा ७२ घण्टासम्म बाँच्न सक्ने देखाएको थियो। जापानका क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताले मानिसको शवबाट लिइएका छालाको नमुनाबाट छालाको मोडल तयार गरेका थिए। छाला मृत्युको एक दिनपछि संकलन गरिएको थियो। अनुसन्धानकर्ताका अनुसार मानिस मरेको २४ घण्टापछि पनि छाला प्रत्यारोपणका लागि प्रयोग गर्न सकिन्छ। यसको अर्थ के हो भने मानिस मरेको केही समय पछिसम्म पनि छाला जीवितै हुन्छ। यस हिसाबले त्यसरी संकलन गरिएको नमुना छाला सही नमुना हुने अनुसन्धानकर्ताको दाबी छ। ८० प्रतिशत इथानोल भएको सेनिटाइजर प्रयोग गर्दा उल्लिखित दुवै भाइरस १५ सेकेन्डमै निष्क्रिय भएको पनि पाइएको अनुसन्धानकर्ता बताएका छन्। यही आधारमा उनीहरूले भनेका छन्, ‘सही ढंगले हात सफा राख्ने हो भने कोरोना चाँडै निष्क्रिय हुन्छ र संक्रमण हुने जोखिम पनि घट्छ।’ छालामा रहेको कति मात्राको कोरोनाले मानिसलाई संक्रमित बनाउन सक्छ भन्ने बारेमा भने थप अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ताले बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend