काठमाडौं- कोरोना भाइरसविरुद्धको खोप छिट्टै आउँने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वास व्यक्त गरेको छ । मंगलबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले सन् २०२०को अन्तिमसम्म खोप तयार हुनसक्ने बताएका हुन् ।
गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहरुले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको पनि उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही सातामा नै अमेरिकी कम्पनीको खोप तयार हुने बताइसकेका छन्।
रुसले तेस्रो चरणको परीक्षण हुनुभन्दा अगाडि नै खोपको घोषणा गरिसकेको छ । त्यस्तै चीनले पनि तेस्रो चरणको परीक्षण जारी रहेकै बेला खोपको आपतकालीन प्रयोग सुरु गरिसकेको छ ।
यसबीच कोरोनाविरुद्धको खोप निर्माणका लागि डब्ल्यूएचओले कोभ्याक्स कार्यक्रम अघि सारेको र सन् २०२१ को अन्तिमसम्ममा विश्वभर दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य लिइएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।