सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

‘कोरोना नियन्त्रणमा यो सरकार लाचार भयो, संक्रमण झन बढ्दैछ’

‘कोरोना नियन्त्रणमा यो सरकार लाचार भयो, संक्रमण झन बढ्दैछ’

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 4.6K
    SHARES

  • ‘कोरोना नियन्त्रणमा यो सरकार लाचार भयो, संक्रमण झन बढ्दैछ’

    काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारी उदासिनताले पराकाष्ठा नाघेको बताएको छ। कोभिड१९ अनुगमन समितिले मंगलबार मा गरेको पत्रकार सम्मेलनमा संयोजक डा.प्रकाशशरण महतले सो कुरा बताएका हुन्।

    ‘कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको छ। संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण र आइसोलेसनको व्यवस्था गर्नु त परै जाओस् जो परीक्षणबाट संक्रमित देखिएका छन्, उनीहरुको समेत समुचित आइसोलेसनको व्यवस्था सरकारले गरेको छैन,’ डा.महतले भने।

    उनले विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको बताउँदै सहमहामन्त्रीसमेत रहेका डा.महतले यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको बताए।

    उनले भने, ‘कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ। जसका कारण ती संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेको छ।’

    सरकारको वेवास्ताकै कारण आगामी दिनमा कोरोना संक्रमण झन बढ्ने खतरा रहेको औंल्याउँदै संयोजक डा।महतले जसको मापदण्ड अनुरुपको आफ्नो बस्ने व्यवस्था छैन, ती संक्रमितहरुलाई अनिवार्य रुपमा सरकारले आइसोलसनको तत्काल समुचित व्यवस्था गर्न सरकारसँग माग गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend