सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रुपन्देही कांग्रेस भन्यो आजको दिन इतिहासकै कालो दिन

रुपन्देही कांग्रेस भन्यो आजको दिन इतिहासकै कालो दिन

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 5.6K
    SHARES

  • रुपन्देही कांग्रेस भन्यो आजको दिन इतिहासकै कालो दिन

    बुटवल - नेपाली कांग्रेस रुपन्देहीले मंगलबारलाई कालो दिनका रुपमा मनाउने भएको छ । प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव बहुमतले पारित भएपछी अब प्रदेश ५ को राजधानी दाङको भालुबाङ भएको छ ।

    प्रदेशसभामा प्रस्ताव बहुमतले पारित भएलगत्तै नेपाली कांग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले विज्ञप्ती जारी गर्दै राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेका छन् । उनले मंगलबार साझ ७ बजे आघा घण्टा घरका बत्ती निभाएर विरोध जनाउन पनि अपिल गरेका छन् ।

    जनताको भावनामा गंहिरो चोट पुर्याउने सरकार र त्यसका मतियारहरुका विरुद्ध उपयुक्त मुल्यांकन हुने पनि उल्लेख गरेका छन् । व्यापक विरोध जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चदै सरकारले दुई तिहाई मतको दम्भले गलत निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अहिले चलिहरेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ ।

    साथै आन्दोलनको रणनिति बनाउनका लागि बुटवलको होटलमा बसिरहेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे त्यसका विरुद्धको आन्दोलन थेग्न सरकारलाई मुस्किल पर्ने चेतावनी कांग्रेसले दिएको छ । पक्राउ परेका नेता कार्यकर्ताहरुलाई विभिन्न यातना दिने, झुट्टा मुद्धा लगाएर फसाउने प्रहरी प्रशासनको हर्कत तत्काल रोक्न कांग्रेसले आग्रह गरेको छ ।

    No description available.

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७०६:४६:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend