काठमाडौं - अहिले मौसम परिवर्तनको समय छ। यो समयमा धेरैलाई हरेक रुघाखोकी लाग्न सक्छ। तर, यसपटक कोरोनाको लक्ष्यण पनि रुघाखोकीसँगै मिल्दोजुल्दो हुने भएकोले सामान्य रुघाखोकीलाई पनि धेरैले कोरोना नै भनेर आत्तिएको हामीले देखेका छौँ। यसरी आत्तिएर पनि भएन यहाँ कोरोनाका लक्षण र रुघाखोकी छुट्याउने उपाए पनि छन्।जनस्वास्थ्यविद् डाक्टर रबिन्द्र पाण्डेले यस्ता उपाएहरु दिएका छन्।
मौसमी रुघाखोकीका लक्षण
नाकबाट पानी आउने
नाक बन्द हुने
हाच्छिउँ आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने छोटो समयमा निको हुने
अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने
कोरोना संक्रमणका लक्षण
उच्च ज्वरो आउने
सुक्खा खोकी लाग्ने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद वा र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने
खाना नरुच्ने
निको हुन १० दिन लाग्न सक्ने
अक्सिजन र आईसीयूको उपचार आवश्यक पर्न सक्ने
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने,
आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने,
तापक्रम,
अक्सिजन हेरिरहने,
आवश्यक परे पीसीआर टेस्ट गर्ने,
चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने।
डाक्टर रबिन्द्र पाण्डेको फेसबुकबाट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।