सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रदेश ५ को राजधानी दाङ हुनुपर्ने कांग्रेसका १० नेताको माग

प्रदेश ५ को राजधानी दाङ हुनुपर्ने कांग्रेसका १० नेताको माग

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 5.5K
    SHARES

  • प्रदेश ५ को राजधानी दाङ हुनुपर्ने कांग्रेसका १० नेताको माग

    काठमाडौं - प्रदेश ५ को अस्थायी राजधानी बुटवलबाट सारेर दाङको देउखुरीमा स्थायी राजधानी बनाउने लागेको भन्दै कांग्रेसले चरणवद्ध आन्दोलन गरिरहेका बेला कांग्रेसकै १० नेताले भने दाङ नै उयुक्त स्थान भएको बताएका छन्। पूर्वमन्त्री, सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापति गरी १० नेता आज विज्ञप्ती नै जारी गरेर दाङको भालुवाङलाई नै प्रदेश ५ को राजधानी बनाउनुपर्ने बताएका हुन्।

    ‘सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायीक विकास, प्राकृतिक स्रोतको न्यायीक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावना अनुसार पाँच प्रदेशका सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणलेसमेत अत्यन्त उपयुक्त स्थान दाङ देउखुरीको भालुवाङलाई यस प्रदेशको राजधानी बनाउने प्रस्तावप्रति हाम्रो पूर्ण समर्थन छ’ विज्ञप्तीमा भनिएको छ। यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाई जनतालाई उत्तेजित बनाउने कार्य कहिँ कतैबाट नगराउन पनि उनीहरुले विज्ञप्ती मार्फत सबैलाई अनुरोध गरेका छन्।

    ‘भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रस्तावप्रति हाम्रो ऐक्यवद्धतासहित प्रदेश ५ को प्रदेशसभाले विवाद रहित तरिकाले यथाशिघ्र टुंग्याउने दृढ अपेक्षाका साथ यो प्रेस विज्ञप्ती सार्वजनिक गर्दछौँ।’ विज्ञप्तीमा भनिएको छ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद किशोरसिंह राठौर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद पार्वता डिसी चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शिला खड्का, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डाक्टर गोपाल दहित, नेपाली कांग्रेसका केन्द्रीय मंगलप्रसाद थारु, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगेद्र चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद कृष्णकिशोर घिमिरे, संघीय सांसद तथा बर्दिया जिल्ला सभापति सञ्जयकुमार गौतम र पूर्वराज्यमन्त्री, संविधान सभा सदस्य तथा रोल्पा जिल्ला सभापति अमरसिंह पूनले संयुक्त विज्ञप्ती जारी गरेर दाङमा नै प्रदेश राजधानी कायम गर्नुपर्ने बताएका हुन्।

    press.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend