काठमाडौं- बालुवाटार स्थिती चिनियाँ दूतावास नजिकबाट २७ जनालाई पक्राउ गरिएको छ । आइतबार २३ पुरुष र ४ महिलालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले चीनले भुमी मिचेको विषयमा विरोध प्रदर्शन गर्न गएका थिए । हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्दै त्यसको विरोध गर्न उनीहरु त्यहाँ पुगेका हुन्।
चिनियाँ दुतावास र नेपाल सरकारले चीनले नेपाली भूमि नमिचेको भनेको छ । तर, नेपाली भूमि मिचेको खबरपछि स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी सहितको टोलीको प्रतिवेदन भने सार्वजनिक भएको छैन।
नेपाली काँग्रेस एवं भातृ संगठन नेवि संघले उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।