सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यी ५ केन्द्रिय सदस्यलाई काेराेना संक्रमण, कार्यसमिति बैठक स्थगित

यी ५ केन्द्रिय सदस्यलाई काेराेना संक्रमण, कार्यसमिति बैठक स्थगित

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 5.1K
    SHARES

  • यी ५ केन्द्रिय सदस्यलाई काेराेना संक्रमण, कार्यसमिति बैठक स्थगित

    काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बैठक अघि सतर्कताका लागि गरिएको स्वाब परीक्षणमा केन्द्रीय कार्यसमितिका सदस्यसहित केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक असोज २५ गतेसम्मका लागि सरेको हो।

     यस अघि बैठक सोमबारको लागि तय गरिएको थियो।  कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय समितिको बैठक सरेको र आजको लागि बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक पनि स्थगित भएको छ। 

    बैठक आज आइतबार बिहान नौ बजे बोलाइएको थियो। कांग्रेसका ५ केन्द्रीय सदस्यसहित १७ जनालाई संक्रमण पुष्टि भएको छ ।

    शनिबार अर्जुननरसिंह केसी, गगन थापा, कल्पना चौधरी र शम्भु लाल श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो । जंगीलाल राय र रमेश रिजाललाई पनि संक्रमण पुष्टि भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend