काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भगाउन बेसार पानी खाने र हाछ्यूँ गरेर उँडाइदिने भन्दै केही पहिले संसदमै मजाक गरे। अहिले उनकै सचिवालय (वालुवाटार) कोरोनाको केन्द्र बनेको छ। प्रधानमन्त्रीका सल्लाहकारहरु, स्वकीयसचिव र बालुवाटार सुरक्षामा खटिएका ७० बढि सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
बेसार पानी घोकाउने, स्वास्थ्य मापदण्डबारे पढाउने प्रधानमन्त्री र उनका सल्लाहकारले कतै बेसार पो खान भूले की रु त्यसैले होला सबैलाई कोरोना देखिएको। प्रधानमन्त्रीलाई भने अहिलेसम्म कोरोना संक्रमण नभएको बताइएको छ। तर, उनले भेटघाट बन्द गरिसके। भिडियोको मार्फत कुराकानी गर्ने तयारीमा छन्। यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै जनस्वास्थ्य मन्त्रालयले नै प्रधानमन्त्रीको सचिवालयका सदस्य, सुरक्षाकर्मी र कर्मचारीले स्वास्थ्य मापदण्ड कत्तिपनि पालना नगर्दा कोरोना फैलिएको बताएको छ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको तीन जना सल्लाहकार, प्रमुख स्वकिय सचिवसहित बालुवाटारमा खटिएका ७० जना सुरक्षाकर्मी गरी ७४ जना कोरोना भाइरस संक्रमण देखिएको छ ।
प्रधानन्त्रीको सचिवालयका सबै सदस्यको शुक्रबार गरिएको परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सरकारी निवास बालुवाटारको सुरक्षामा खटिएका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी ७० जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । अन्य ४५ जनाको नतिजा आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।