काठमाडाैं - स्याङ्जामा नेकपाका नेताहरुले नेकपा परित्याग गर्दै कांग्रेसमा प्रवेश गरे, नेता थापाले गराए प्रवेश !! स्याङ्जा चिलाउनेबासमा ३९ जना नेकपाका नेता, कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनीहरूलाई पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि संबिधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसका युवा नेता राजु थापाले अभिर लगाएर फुलमालाका साथ पार्टी प्रवेश गराएका थिए।
कांग्रेस प्रवेश गरेका नेकपाका नेता, कार्यकर्ताहरुले नेकपाले चरम भ्रष्टाचार गरेको र दिन प्रतिदिन जनतालाई निराश पार्ने कार्य मात्र गरेकाले आफुहरुले नेकपा पार्टी त्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेको बताएका छन्। चिलाउनेबासमा भएको पार्टी प्रवेश कार्यक्रमको सभापतित्व थानेस्वर पौडेलले गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।