काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस जिल्ला सचिव रामकृष्ण खाँणले विरोधस्वरुप मसाल जुलुस, चक्का जाम तथा नेकपाका सांसदका घर अगाडि कालो झण्डा प्रर्दशनलगायतका कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
उनले प्रदेशसभामा शुक्रबार प्रदेश नामकरण र स्थायी राजधानीको प्रस्ताव पेस भएसँगै बुटवलका विभिन्न ठाउँमा टायर बालेर विरोध जनाएको कांग्रेसले शनिबार साँझ जिल्लाका सबै क्षेत्रमा मसाल जुलुस प्रर्दशन गर्ने जानकारी दिएका हुन् ।
आइतबार जिल्ला बन्द गर्नुका साथै नेकपा सांसदका घर अगाडि कालो झण्डा प्रर्दशन गर्ने खांणले बताएका छन् । उनले विद्यार्थी नेतालाई उग्र क्रियाकलाप नगर्न आग्रह समेत गरेका छन् ।
त्यस्तै, शनिबार बिहान बसेको नेपाली कांग्रेसबाट रुपन्देहीमा गत निर्वाचनमा उम्मेद्वार बनेका प्रत्यसी नेताले विज्ञप्ति जारी गर्दै प्रदेशको राजधानी बुटवल नै राख्ने भनी चुनावमा नारा लगाएका नेकपाका नेताले चुनाव जितेपछि जनभावनालाई कदर गर्न नसकेको आरोप लगाए ।
शुक्रबार पार्टी सभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गर्दै कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।