सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

राजदूतको लोभमा २२ दिनअघि नै लोकदर्शन रेग्मीले त्यागे मुख्यसचिव

राजदूतको लोभमा २२ दिनअघि नै लोकदर्शन रेग्मीले त्यागे मुख्यसचिव

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 4.6K
    SHARES

  • राजदूतको लोभमा २२ दिनअघि नै लोकदर्शन रेग्मीले त्यागे मुख्यसचिव

    काठमाडौँ - मुख्यसचिव सम्पूर्ण निजामती सेवाका कर्मचारीको विशिष्ट पद हो । मुख्यसचिवले देशभरका निजामती कर्मचारी चलाउँछन् ।

    त्यति मात्र होइन, प्रधानमन्त्रीको अति विश्वास पात्र पनि हो । प्रधानमन्त्रीले राखेको मन्त्रिपरिषद्को माइन्युट नै मुख्यसचिवले लेख्ने गर्छन् । प्रधानमन्त्रीले के कस्ता निर्णय गरे भन्ने कुरा मन्त्रीलाई थाहा हुन्न, मुख्यसचिवलाई थाहा हुन्छ ।

    उसले २४ घन्टासम्म निर्णय सार्वजनिक नगर्न पनि सक्छ । त्यसैल यस्तो महत्वपूर्ण पदमा कांग्रेसी पृष्ठभूमिका लोकदर्शन रेग्मीले केपी ओली सरकारमा पनि निरन्तरता पाए ।

    त्यति मात्र होइन, तीन वर्षे कार्यकाल पनि पूरा गरे । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उनले नियुक्ति पाएका थिए । तर, उनी पछि कांग्रेसको सबै सूचना बालकोट लगेर केपी ओलीको नजिक बने । विश्वासपात्र बने ।

    त्यसकै कदरस्वरूप ओलीले रेग्मीलाई २२ दिनअघि नै मुख्यसचिवबाट राजीनामा दिन लगाएर आफ्ना कोटरीका सचिव शंकरदास बैरागीलाई मुख्य सचिव बनाउन लागेका छन् । बैरागी अहिलेका सचिवमध्ये सिनियर हुन् ।

    तर, मुख्यसचिवको दौडमा वैरागीसँगै मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी पनि छन् । रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्ति गरिने बचन प्रधानमन्त्री केपी ओलीले दिएको स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन १५ २०७७१२:१५:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend