काठमाडौं - स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको ओम्नी समूहकै पक्षमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ। न्यायधीश पुरुषोतम भण्डारीको एकल इजालसले स्वास्थ्य सामाग्रीमा अनियमितता र विवादमा तानिएको ओम्नीकै पक्षमा हुने गरी आज सोमबार अन्तरिम आदेश जारी गरेको हो।
सर्वाेच्च अदालतले ओम्नीलाई कालोसूचीमा राख्ने सरकारको तत्कालीन निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो। सरकारले कालो सूची राख्ने निर्णय गरेपछि त्यसको विरुद्धमा सञ्चालक पारस केसीले सर्वाेच्चमा ओम्नीका तर्फबाट सर्वाेच्चमा रिट दायर गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।