काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले फागुनमा कुनै पनि हालतमा पार्टीको १४ औँ महाधिवेशन नहुने भनाई फेरी दोहोर्याएका छन्। पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुझाउन लागेको विरोध पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरी सिटौलाले यस्तो बताएका हुन्।
समायोजन, क्रियाशी सदस्यता, नवीकरण, विभागहरु गठन, भ्राृत तथा शुभेच्छुक संस्थामा देउवाले एकलौटी गरेको भन्दै पौडेल समूहले त्यसलाई सच्याउन विरोध पत्र बनाएको हो। महामन्त्री डाक्टर शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत २७ जनाको हस्ताक्षर तयार भइसकेको छ।
उक्त पत्र आज दिउँसो १ बजे सभापति देउवालाई बुझाउने कार्यक्रम छ। सिटौला समूहले पौडेल निवास बोहोराटारमा आइतबार भएको भेटमा छलफल हुँदा हस्ताक्षर नगर्ने बताएको हो। मुद्दामा सहमत भए पनि पार्टीको आन्तरिक कुरालाई बाहिर छताछुल्ल पार्न लागेपछि हस्ताक्षर नगरेको सिटौला बताउँछन्।
कांग्रेस केन्द्रीय समितिमा सिटौला समूहका उनीसँगै प्रदीप पौडेल, गगन थापा र आमन्त्रित केन्द्रीय सदस्यमा शिव हुमागाई छन् । उनीहरु चारै जनाले विरोध पत्रमा हस्ताक्षर गर्ने छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।