सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कम्युनिष्ट सरकारले बलत्कारीलाई बचायो : नेविसंघ

कम्युनिष्ट सरकारले बलत्कारीलाई बचायो : नेविसंघ

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 6.2K
    SHARES

  • कम्युनिष्ट सरकारले बलत्कारीलाई बचायो : नेविसंघ

     काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघं (नेविसंघ) ले केपी ओली नेतृत्वको सरकारले बलत्कारीहरुको बचाउ गरेको आरोप लगाएको छ। बझाङको मष्टा गाउँपालिका १२ वर्षीय वालिका सम्झना विकको बलत्कार पछि हत्या भएको घटनाप्रति दुखित तुल्याएको भन्दै नेविसंघले यस्तो बताएको हो।

    नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ती जारी गरी अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका हुन्। ‘लोकतान्त्रिक शासन व्यवस्था अँगालेको देशको सरकारको पहिलो कर्तव्य आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु हो । तर निर्मला पन्तदेखि सम्झना वि।क। सम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनभन्दा सरकार आफैँ बलात्कारीहरुको संरक्षण गर्न लागेको देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘शान्ति सुरक्षा लगायतका जनताको आधारभूत आवश्यकताको वेवास्ता गर्दै ओली सरकार आफ्नो सत्ताको आयू लम्ब्याउन मात्र लागि परेको नेपाल विद्याँर्थी संघको ठहर छ।’

    नेविसंघले केही पहिले जाजरकोटका नवराज विक, लगायतका यूवाहरुको रुकुममा भएको नरसंहरा र हाल सम्झना विकको बलत्कार गरी हत्या गरिएको घटनाले नेपाली समाजमा दलित समुदायमाथि पाशविक आक्रमणका घटना बढ्न थालेको प्रष्ट भएको बताएको छ। 

    यस्ता घटना घट्न नदिन र दलित समुलाउमाथि हु्ने गरेका विभिन्न प्रकारका प्राताडना रोक्न कडा कानुन बनाउन पनि नेविसंघको माग छ। अ‍ोली सरकार अपराधी बचाउन लागिपरेको नेविसंघले भनेको छ। ‘विगत मा जस्तै ओली सरकार यस्ता जघन्य किसिमका अपराधिक घटनामा पीडित पक्षलाई न्याय दिनुको सट्टा उल्टै अपराधीलाई बचाउन लागिरहन्छ भने अब सम्पूर्ण नेपाली यूवा हरु आन्दोलको आधिबेहेरी ल्याई भ्रष्ट र नालायक सरकारलाई सिंहदरबारबाट बहिर्गमन गर्न तयारी अवस्थामा रहेको चेतावनी दिन चाहन्छु’ ढुंगानाले विज्ञप्तीमा भनेका छन्। 

    नेविसंघका महामन्त्री दीपक भट्टराईले ओली नेतृत्वको सरकार श्रखंलाबद्ध बलत्कारका अपराधीलाई कारबाही गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको बताए। उनले भने, ‘यो सरकार जनताको पीडाप्रति कत्ति पनि चिन्तित देखिएन। भ्रष्टाचारमा लिप्त छ। यहाँ नेपाली चेलीहरु बलत्कृत भएर अकालमा ज्यान गुमाइरहेका छन्।’

    भट्टराइले यो श्रृखंलावद्ध हत्या र बलात्कारको घटना दोहोरिनु यो भष्ट सरकारले अपराधीलाई संरक्षण गर्नुको परिणाम भएकाे बताएका छन।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend