काठमाडौं- कृषिको अनुदान घोटाला, मल काण्डलगायत थुप्रै काण्डमा मुछिएका ओलीका नजिकका मानिने कृषिमन्त्री घनश्याम भुसाल अर्काे विवादमा परेका छन् ।
यतिबेला मन्त्री भुसालको एक तस्बीर सामाजिक सञ्जालभरी भाइरल हुँदै गएको छ । तस्बीरमा मन्त्री भुसाललाई छातासमेत अर्कैले ओढाइदिएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हाल्न नसकेको आरोप लागिरहेका बेला मन्त्री भुसाल भने छाता समेत आफै ओढ्न सकेका छैनन् ।
सर्वहारा र गरिव जनताको राजनीति गरेको दाबी गर्ने मन्त्री भुसालको वास्तविकता यहाँनेर नागिंएको छ । उनलाई उनका अंगरक्षकले छाता ओढाइदिएका छन् ।
यसअघि, तत्कालीन मन्त्री रविन्द्र अधिकारीले पनि छाता ओढाउन लगाएको तस्वीर सार्वजनिक भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरको दर्शन गर्न गएका बेला नेपाली अंगरक्षकलाई जुत्ता बोक्न लगाएकी थिइन् । भण्डारीले आफ्ना छोरीहरूको जुत्ता पनि बोक्न लगाएकी थिइन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहिले पनि आफैले छाता ओढ्ने गर्छन् । हाम्रा कम्युनिस्ट सरकारका मन्त्री, राष्ट्रपति र प्रधानमन्त्री तथा कम्युनिस्ट नेताहरूले छाता समेत अंगरक्षकलाई ओढाउन लगाउँछन् ।
विश्वका रहेक ठूला पदका एवं राष्ट्रका जिम्मेवार व्याक्तिहरु प्रेरणाका स्रोत हुन्छन् तर, नेपालमा भने कम्युनिस्ट सरकारका नेताहरुले यस्ता हर्कतहरु देखाउँने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।