सम्पादकीय
नेकपाको बैठकहरू निरन्तर बसिरहेका छन् । बैठकहरूमा कोरोना महामारीको रोकथाम र अति विपन्न परिवारहरूमा छलफल हुँदैनन् ।
बरु को मन्त्री बन्ने ? को आकर्षक पदमा नियुक्त हुने ? बामदेव गौतमलाई कसरी सांसद र मन्त्री बनाउने ? केन्द्रीय सदस्यहरूलाई तलब खुवाउने जस्ता कुरामा छलफलहरू हुने गरेका छन् । नेकपाका शीर्ष नेताहरूले जनताको जीवन बचाउने विषयमा नजिकबाट कहिल्यै पनि छलफल चलाएका छैनन् ।
सर्वहारा जनताको पक्षमा भन्ने नेकपाका नेताहरूले कोरोना र निषेधाज्ञाका कारण खान नपाएर धेरै जनताले आत्महत्या गरेका छन् । जनताले खान नपाएर आत्महत्या गर्दा समेत उचित व्यवस्था गरिएको छैन ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई आफ्नै कुर्सी प्यारो छ । उनलाई कुर्सी बचाउन भ्याइनभ्याइ छ । नेकपाका अरु नेताहरूलाई आर्थिक लाभ वा कुर्सी कसरी प्राप्त हुन्छ भन्ने विषयमा नै केन्द्रि हुने गरेका छन् ।
नेकपाको सरकार र नेकपाका नेताहरूको हर्कतबाट जनता दिक्क भएका छन् । कोरोना नियन्त्रण होलाभन्दा पनि बढिरहेको छ । दैनिक एक हजारको हाराहारीमा कोरोना भेटिएको छ ।
काठमाडौं उपत्यका अत्यन्तै जोखिममा पुगिसकेको छ । अबको केही दिनमा प्रत्येक टोलमा कोरोना संक्रमित हुनेछन् । संक्रमितहरू देखिनेछन् । यस्तो भयाबह अवस्था आउँदै गर्दा पनि सरकारले उचित काम गरेको छैन । नेकपाले दैनिक बैठक गरे पनि कोरोना रोकथामको विषयमा छलफल नै गर्दैनन् ।
नेकपाका नेताहरूले काम गर्नुपर्छ । त्यो पनि जनताको पक्षमा हुनुपर्छ । भोकै मर्न थालेका जनताको पक्षमा विशेष निर्णय गर्नुपर्छ । जनतालाई भोकै मर्न दिनु हुँदैन । ओलीले केही महिना अगाडि कोही जनता भोकै मर्ने छैन भनेका थिए ।
संविधान दिवसका अवसरमा टुंडीखेलमा हेलिकप्टरबाट फूलको वर्षा गराउँदा पछाडितिर रहेको खुलामञ्चमा कार्यक्रम गरिव जनताहरू खान नपाएर कसैले खान दिन्छ कि भनेर कुरेर बसेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीसहित देशका उच्च सरकारी ओहदामा रहेका सबैको उपस्थिति थियो । उनीहरूले ती भोका पेटहरू देखेनन् ।
विभिन्न सामाजिक संस्था र व्यक्तिहरूले ती गरिवको पेटे भरे । अहिलेसम्म सरकारका कुनै पनि व्यक्तिले भोका जनताको पेट कसरी भर्ने हो भन्नेबारेमा केही योजना दिएका छैनन् ।
५–६ महिना अगाडि वडा कार्यालयहरूमार्फत दिइएको पाँच किलो चामको भरमा जनता अहिलेसम्म कसरी बसेको होला भनेर प्रधानमन्त्री ओली र नेकपाका नेताहरूलाई थाहा छैन ।
उनीहरू आफ्नो स्वार्थमा मात्रै केन्द्रित छन् । जनता मरे पनि मरुन् बाँचे पनि बाँचुन केही मतलव छैन । अब जनताहरू सडकमा आएर यो नेकपाको सरकारलाई पाठ सिकाउनै पर्ने बेला भएको छ । सडकमा आएर एक साथ दवाव दिऔँ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।