शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

कुलमान नियुक्तिबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव, यस्तो आयो जानकारी !

कुलमान नियुक्तिबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव, यस्तो आयो जानकारी !

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 17.2K
    SHARES

  • कुलमान नियुक्तिबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव, यस्तो आयो जानकारी !

    काठमाडौं- नेपाललाई लोडसेडिङमुक्त पारेका विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्तीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएकाे छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले यसबारे जानकारी दिएका छन् ।

    विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितलाई बिहीबार मन्त्रालयमा बोलाएर विद्युत् आपूर्ति नियमित बनाउन निर्देशन दिँदै उनले कुलमान घिसिङलाई पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाउन मन्त्रिपरिषदमा प्रस्ताव लगेको बताएका हुन् ।

    मन्त्रालयमा बसेको बैठकमा बोल्दै उनले भने,  ‘मैले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थिएँ’, उनले भने, ‘त्यसबारे छलफल भइरहेको छ। तपाईंहरुले मूल नेतृत्व नभएको महसुस नहुने गरी कार्यसम्पादन गर्नुहोला।’ 

    मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त हुँ भन्ने सोच नराखी काम गर्न पनि निर्देशन दिए। ‘जति दिन निमित्त कार्यकारीका रुपमा रहनुहुन्छ । म निमित्त हुँ भन्ने सोच नराख्नुस्’, उनले भने, ‘तपाईं अर्को व्यवस्था नहुञ्जेलसम्म पूर्ण अधिकारसहितको कार्यकारी हुनुहुन्छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend