सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसले भन्यो : प्रधानमन्त्री ज्यू हेक्का रहोस नेकपा सचिवालय संवधानिक परिषद होइन् !

कांग्रेसले भन्यो : प्रधानमन्त्री ज्यू हेक्का रहोस नेकपा सचिवालय संवधानिक परिषद होइन् !

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 5.2K
    SHARES

  • कांग्रेसले भन्यो : प्रधानमन्त्री ज्यू हेक्का रहोस नेकपा सचिवालय संवधानिक परिषद होइन् !

    काठमाडौं - नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अबमूल्यन गरेको बताएको छ। लोकतान्त्रीक राज्य व्यवस्थामा संवैधानिक परिषदको अलग्गै महत्व, मर्म एवम् मूल्य भए पनि सरकारले नबुझ्नु दुखद् भएको कांग्रेसको ठहर छ।

    ‘नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको सर्वविदितै छ । लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन' कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्।

    नेकपाको सचिवालयको बैठकमा संवैधानिक नियुक्तिहरु गर्ने विषयलाई संलग्न गराएर संवैधानिक परिषदको गरिमा अन्त्य गर्न लागेको शर्माको ठहर छ। ‘संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरियो । अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरियो,’ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ।’

    नेपाली कांग्रेसले संवैधानिक परिषद एवम् संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रवन्ध र पद्धति भन्दा बाहिर गएर काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend