काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षविरुद्धको अबहेलनाको मुद्दा तामेलीमा राख्न सर्वाेच्च अदालतले तामेलीमा राख्न आदेश दिएको छ। हिजो मंगलबार सर्वाेच्चका न्यायधिश तेजबहादुर केसीको एकल इजालसले नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को मुद्दा तमेलीमा राख्न आदेश दिएको हो।
तीन वर्ष अघि परेको मुद्दालाई तामेलीममा राखनिे भएको हो। तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्ष हुँदा मुद्दा परेको थियो। २०७४ सालल मंसिर १० गते तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टा छुट्टै हुनुपर्ने र मतपत्रसमेत फरक फरक हुनुपर्ने मागसहित रिटमा अदालतको आदेशको अवहेलना हुनेगरी ओली र प्रचण्डले अभिव्यत्ति दिएको भन्दै मुद्दा परेको थियो।
२०७३ कात्तिक १३ गते राजपाका नेतासमेत रहेका सर्वेन्द्रनाथ शुक्लाले उक्त मुद्दा दर्ता गरेका हुन। ओली र प्रचण्ड दुवैलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँको जरिवानको माग गरिएको उक्त मुद्दा अदालतको पछिल्लो आदेशले अब अघि नबढ्ने संकेत गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।