काठमाडाैं । गोरखाको मनास्लु हिमाल चढ्न बहराइनका राजकुमारको टोलीलाई अनुमती काठमाडौं । बहराइनका राजकुमारको टोलीलाई गोरखाको हिमाल आरोहणको अनुमति प्राप्त भएको छ।
रोयल गार्डको टोली केही दिनदेखि नेपालमा छ। उनीहरु नेपालमा मनास्लु र लोबुचे हिमालको आरोहण गर्ने तयारीमा छन्। उक्त टोलीले नेपालको स्वास्थ्य प्रोटोकल अनुसार नै सात दिनको क्वारेन्टाइन बसेर आज आरोहण अनुमती लिएको हो। पर्यटन विभागका अनुसार उनीहरु क्वारेन्टान बसे र कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आइसकेको छ।
राजकुमारको टोली अब मनास्लु आरोहणमा निस्कनेछ। राजकुमारको टोली दुई महिना नेपाल बस्नेछ। उनको टोलीमा १८ जना छन्। यसपाली शरद ऋतुमा नेपालमा जम्मा २ समूहले अनुमति पाएका छन्। अर्काे भने नेपाली टोली हो। कोरोना संक्रमण पछि हिमाल आरोहणमा जान लागेको राजकुमारको टोली यो नै पहिरो हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।