काठमाडौं - नेपालमा हरेक वर्ष चाडवाडको समयमा तरकारीको मूल्य व्यापारीले अस्वभाविक बढाउँछन्। अहिले पनि त्यस्तै भएको छ। व्यापारीको मिलिमतोमा बजार भाउ आकाशिएको हो।
थोक भन्दा पनि खुद्रा मूल्य धेरै आकाशियको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपैयाँमा खरिदविक्रि भइरहेको लौका खुद्रा पसलमा प्रतिकेजी ११० रुपैयाँमा विक्रि भइरहेको छ। ६८ देखि ९५सम्म कालिमाटिमै पाइने गोलभेडा बाहिर झण्डै दुइै सय अर्थात १८० मा विक्रि भइरहेको छ।
भारतले प्याज निर्यातमा रोक लगाए पनि नेपालका व्यापारीहरुले स्टकमा रहेको प्याजको मूल्यसँगै अन्य तरकारीको पनि मूल्य बढाए। बढेको मूल्य न नेपाली किसानले पाएका छन् न उपभोक्ताले सस्तोमा व्यापारी मात्रै मोटाइरहेका छन्।
केही दिन अघि वाणिज्य मन्त्री लेखराज भट्टले अनुगमन गरेर व्यावारीलाई सजग बनाए पनि लुकीछिपी उपभोक्ता ठगिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।