काठमाडौं- नेपाली कांग्रेसका गुल्मी जिल्ला सभापतिमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जाँदा सभापति भुवन श्रेष्ठमाथि प्रहरीले धक्कामुक्का गरेर दुर्व्यवहार गरेको उल्लेख छ ।
जिल्लाको स्थानीय एक मुद्दामा केन्द्रित रहेर कांग्रेसले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउन खोज्दा प्रशासन कार्यालयमा प्रवेश गर्न रोकिएको र बल प्रयोग गरिएको कांग्रेसको आरोप छ।
प्रवक्ता शर्माका अनुसार घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसी लगायतका नेता कार्यकर्ता घाइते भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।