काठमाडौं- सरकारले व्यवस्थापना गर्दै आइरहेको आइसोलेसनको जिम्मा अब स्थानीय सरकारलाई तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्वर गौतमका अनुसार अस्पतालहरुमा लक्षण भएका कोरोना संक्रमितहरुलाई मात्र राखिनेछ । लक्षण नभएकाहरु संस्थागत वा होम आइसोलेसनमा राख्नुपर्छ ।
आइसोलेसन व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने प्रवक्ता गौतमले बताए । संस्थागत आइसोलेसनमा बसेकाहरुलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्नुपर्ने छ । उनले देशभर अहिले ४९ वटा ल्याबबाट कोरोना परीक्षण भइरहेको पनि जानकारी दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।