काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ ।
हेर्नुहोस् कुन जिल्लामा कति:





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।