सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

धादिङमा तीन गाउँका सबै कम्युनिष्ट नै कांग्रेसमा प्रवेश

धादिङमा तीन गाउँका सबै कम्युनिष्ट नै कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • आइतवार, आश्विन ४ २०७७

  • 23.3K
    SHARES

  • धादिङमा तीन गाउँका सबै कम्युनिष्ट नै कांग्रेसमा प्रवेश

    काठमाडौं -   सत्तारुढ दल नेकपाको गतिविधिका कारण आफ्नै पार्टीका नेता कार्यकर्ता असन्तुष्ट छन्।

    यसैको गतिलो उदाहरण हामीले धादिङको तीन वटा गाउँका सबै मानिस कम्युनिष्ट सिद्धान्तलाई छोडेर कांग्रेसमा समाहित भएको घटनालाई लिन सक्छौँ। धादिङको कुम्पुर, धुवाकोट, खाल्टे, नेत्रावती, सेमजोङ, मार्पाक, खानी गाउँका सबै कांग्रेस प्रवेश गरेका छन्।

    कुम्पुर, धुवाकोट र खाल्टेका सयौँ नेकपका कार्यकर्ता केही दिन अघि नै कांग्रेस प्रवेश गरिसकेका छन्। त्यस्तै अहिले नेतावती डब्जोङ गाउँपालिकाका २२० जना भन्दा धेरै कांग्रेस प्रवेश गरेका छन्।

    धादिङ कांग्रेसले दिएको जानकारी अनुसार नेत्रावती डब्जोङ ३ सेमजोङका पूर्व माओवादी केन्द्रकोे बुद्धिजीवी संगठनका अग्रज नेता बहादुर हिम्रुङको नेत्वमा १३० जनासहित सिंगो गाउँ नै कांग्रेसमा प्रवेश गरेको हो।

    त्यस्तै नेत्रावती वडा नम्बर १ मार्फतको धारापानी र खानी गाउँका ९५ जना कांग्रेसमा प्रवेश गरेको धादिङ कांग्रेसले जनाएको छ।

    धादिङ कांग्रेसका अनुसार नेकपाका यूवा नेता युगबहादुर घलेको नेतृत्वमा पूर्व माओवादी केन्द्रका दलित मुक्तिमोर्चा मार्पाकका अध्यक्ष मानबहादुर नपाली, पोल्चेतका एमालेका कार्यकर्ता आइतराम तामाङ कांग्रेस प्रवेश गरेका हुन्। नवप्रवेशीहरुले कांग्रेसको प्रजातान्त्रिक विचारमा अडिग रहने पनि बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend