काठमाडौं - कम्युनिष्टहरु भ्रष्टाचारमा लिप्त भएको भन्दै बाग्लुङका ४० जना नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।
बाग्लुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा विभिन्न भूमिकामा रहेका ४० जना आज कांग्रेस प्रवेश गरेका हुन।
उनीहरुले भ्रष्टाचारमा लिप्त, अपराधमा तल्लिन र जनतामारा निती अनुशरण गरेकोले पार्टी नेकपा छोडेर कांग्रेस प्रवेश गरेको बताएका छन्। नवप्रवेशी कांग्रेसहरुले देशको मुहार फेर्ने र लोकतन्त्रको रक्षा गर्ने क्षमता कांग्रेसले मात्रै गर्ने पनि बताएका छन्।
यति मात्रै होइन उनीहरुले देशमा भरोसायोग्य पार्टी कांग्रेस नै रहेको ठहर गरेका छन्। ४० कम्युनिष्टलाई प्रवेश गराउँदै बाग्लुङ कांग्रेसले देशको मुहार फेर्ने नेपाली कांग्रेसको संकल्पमा उनीहरुको योगदान रहने विश्वास व्यक्त गरेको छ।
‘अन्ध्यारोसो संगत त्यागेर उज्यालोको यात्रामा प्रवेश गर्नुभएका तमाम साथीहरुलाई हार्दिक बधाई प्रजातान्त्रिक विचारको बृहत छानोमा अन्तर हृदयबाट स्वागत गर्दछौं’ बाग्लुङ कांग्रेसले भनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।