काठमाडौं - पृथ्वीराजमार्गको धादिङ आदमघाट खण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ।
विहान तीन बजे तिर नदीमा खसेको अनुमान गरिएको उक्त ट्यांकरमा करिब ५ घण्टा आगो बलिरहेको थियो। ना ४ख २८२२ नम्बरको उक्त ट्यांकरपेट्रोल बोकेर बीरगञ्जबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको गजुरी ट्राफिक प्रहरी प्रमुख नेत्र भट्टले मिडिया डबलीलाई जानकारी दिए।
‘यो घटना तीन बजेतिर भएको अनुमान छ। ट्यांकर नदीको बीचमा खोँचमा फसेकोले निकाल्न सकिएको छैन,’ उनले भने, ‘धेरै बेर त यसका चालक, सहचालक खोज्न पनि हामीलाई धेरै बेर लाग्यो।
उनीहरु हामफालेर बचेका रहेछन्।’ ट्राफिक प्रहरी गजुरीका अनुसार ट्यांकर ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।