सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 5.0K
    SHARES

  • गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

    काठमाडौँ - पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदर्शन गरेको छ ।

    प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेको भन्दै अभियानले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गरेको हो ।

    राष्ट्रीय एकता अभियानका स्थानीय अभियन्ता मिथुन साहको नेतृत्व प्रदर्शन भएको हो। त्यस्तै हिन्दू युवा परिषद का संस्थापक तथा अभियान का वरिष्ठ सहयोगी सत्यम मुरारीले मन्तब्य राखेका थिए

    अभियानका केन्द्रीय संयोजक विनय यादवले भने ,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो ।

    आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्री राम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिबारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व.श्री राम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’

    अभियानका कार्यकर्ताहरूले कसको दवावमा झुठो प्रतिबेदन बनाइयो, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन रु,सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दुबिरोधि कम्युनिस्ट सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै सरकारविरूद्द नाराबाजी लगाएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २ २०७७११:५९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend