सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गैरजिम्मेवार कम्युनिस्टको निर्णय फिर्ता गराउन गर्जिए कांग्रेस प्रवक्ता शर्मा

गैरजिम्मेवार कम्युनिस्टको निर्णय फिर्ता गराउन गर्जिए कांग्रेस प्रवक्ता शर्मा

  • मिडिया डबली
  • बिहिवार, आश्विन १ २०७७

  • 4.7K
    SHARES

  • गैरजिम्मेवार कम्युनिस्टको निर्णय फिर्ता गराउन गर्जिए कांग्रेस प्रवक्ता शर्मा

    काठमाडौं- सरकारले कोरोना संक्रमणको शंकास्पद मृतकको कोरोना परीक्षण नगर्न भन्ने गैरजिम्मेवार निर्णयका विरुद्ध कांग्रेसले आवाज उठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसले सरकारलाई आग्रह गरेको हो ।

    जनश्वास्थ्यको दृष्टिकोणमा निकै गलत एवं गैरजिम्मेवार देखिएको निर्णय फिर्ता लिन प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका माग गरेका हुन् ।

    उनले जारी गरेको विज्ञप्तीमा छ, कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र उबाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो । तर कयौंले जीवित छँदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए ।’

    ‘अहिले आलोचनाबाट जोगिने होइन, कोरोनाबाट नागरिकलाई जोगाउने रणनीति विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ,’ मृत्युपछि मात्रै पीसीआर भनेर भएका आलोचना अन्त्य गर्न सरकारको परीक्षण नै नगर्ने निर्णय गरेको हुनसक्ने कांग्रेसको आशंकामा उनले थपे, ‘शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय गरिरहँदा त्यससँग गाँसिएका गम्भीर सैद्धान्तिक र व्यवहारिक प्रश्न नजरअन्दाज नगर्न हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

    परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउन पनि शंकास्पद मृत्यु भएका ब्यक्तिको परीक्षण जरुरी भएको कांग्रेसले बताएको छ । यसविषयमा प्रवक्ता शर्माले भनेका छन्, ‘सरकारको शक्ति र रणनीति मृत्युको तथ्याङ्क लुकाउनमा प्रयोग गर्ने कि मृत्युको गति नियन्त्रण गर्न प्रयोग गर्ने ?

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend