पाँचथर- नजिकिँदै गरेका चाड पर्वमा कोभिड–१९ को जोखिम हुन नदिन वैकल्पिक योजना निर्माण थालिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको हालै बसेको बैठकले स्थानीय तहबाट सङ्क्रमण रोक्ने वैकल्पिक योजना बनाई लागू गर्ने निर्णय गरेको हो ।
बैठकले दशैँ, तिहार लगायत पर्वमा जिल्ला भित्रिने मानिसको सङ्ख्या तथा यसबाट हुनसक्ने जोखिमको रोकथाम तथा नियन्त्रणका लागि आ–आफ्नो स्थानीय तह भित्र आवश्यक तयारीको पहिचान गर्न जिल्लाका आठवटै स्थानीय तहलाई निर्देशन समेत दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार स्थानीय तहस्थित सो केन्द्रले आवश्यक ठानेका तयारी बारे जिल्लामा पुनः छलफल भई कार्यान्वयनको चरणमा जाने छ ।
बैठकले चाडपर्वमा जिल्ला भित्रनेलाई क्वारेन्टिनमा राख्न नमिल्ने हुँदा सकेसम्म आफू रहेकै स्थानमा चाड पर्व मनाउन जिल्लावासी मार्फत आ–आफ्ना आफन्तलाई सन्देश पु¥याउने निर्णय गरेको छ ।
यस्तै ‘जीवन बाँचे आगामी वर्ष चाड पर्व मनाउन सकिने’ सन्देश सहित सकभर यथास्थानमा चाड पर्व मनाउने व्यवस्था गर्न पहल गर्न प्रदेश स्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई पत्र पठाउने समेत बैठकले निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।