काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय सातजना, ललितपुर जिल्लामा ६१ जना र भक्तपुर जिल्लामा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार ६ सय ४१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।
योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
त्यसैगरी संक्रमणमुक्त भएर पछिल्ल्लो २४ घण्टामा २ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या भने १६ हजार २ सय ४१ छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार नौ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।
निको हुने दर ७२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हाल सक्रिय संक्रमित १६ हजार दुई सय ४१ जना छन् । त्यसमध्ये सात हजार नौ सय तीनजना संस्थागत र आठ हजार तीन सय ३८जना होम आइसोलेसनमा बसेका छन् ।
संक्रमितमध्ये एक सय ८२ जना आइसियू र ३९ जनाको भेन्टिलेरटमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।