काठमाडाैं- नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट २४ घण्टामा ज्यान गुमाउनेकाे संख्या धेरैदिनपछि कम देखिएकाे छ । पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्यु एकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ३ सय ८३ पुगेकाे छ ।
यसअघि हिजाेमात्रै १४ जनाले ज्यान गुमाएका थिए । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
त्यसैगरी संक्रमणमुक्त भएर पछिल्ल्लो २४ घण्टामा २ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या भने १६ हजार २ सय ४१ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।