सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालमा शान्ति स्थापना गराउनमा प्रवण मुखर्जीको देन : रामवरण यादव

नेपालमा शान्ति स्थापना गराउनमा प्रवण मुखर्जीको देन : रामवरण यादव

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 6.0K
    SHARES

  • नेपालमा शान्ति स्थापना गराउनमा प्रवण मुखर्जीको देन : रामवरण यादव

    काठमाडाैं- नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले हालै दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको नेपालमा शान्ति स्थापना गराउन ठुलो हात रहेको स्मरण गरेका छन् । उनले मुखर्जीलाइ 'नेपालका अद्वितीय हितैषी’ भन्दै नेपालमा गणतन्त्र स्थापनामा मुखर्जीको ठूलो नैतिक समर्थन रहेको समेत स्ममरण गराए।

    मुखर्जीप्रति श्रद्धाञ्जली अर्पण गर्न र नेपालसँगको सम्पर्क स्मरण गर्न आयोजित भर्चुअल समारोहमा पूर्वराष्ट्रपति यादवले ‘मुखर्जी छिमेकी राष्ट्र भारतका उच्च कदका सपुत’ रहेको बताए ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वर्गीय मुखर्जीलाई नेपालको हरेक लोकतान्त्रिक आन्दोलनका सहयोगी भन्दै उहाँको नेपालका हरेक नेतासँग भावनात्मक सम्बन्ध रहेको बताए । अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि नेपाल र नेपालीका हितैषी भारतीय राजनेताका रूपमा मुखर्जीलाई चिनाएका थिए ।

    पूर्वपरराष्ट्रमन्त्री एवं समाजवादी पार्टीका नेता उपेन्द्र यादवले भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई ‘स्पष्टवक्ता र दूरदृष्टि भएका राजनेता’ का रूपमा स्मरण गरे । ‘उहाँ नेपाल–भारत द्विदेशीय सम्बन्धलाई अत्यन्त महत्त्वका साथ हेर्ने एक राजनेता हुनुहुन्थ्यो,’ यादवले भने ।

    नेपाली कांग्रेसका नेता शेखर कोइराला, प्रदीप गिरी र विमलेन्द्र निधिले ‘नेपालमा लोकतन्त्र र शान्ति स्थापनाको पक्षमा मुखर्जीले दिएको साथ–सहयोग स्मरणीय रहेको’ बताएका थिए । नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि भएको १२ बुँदे सम्झौतामा मुखर्जीले गरेको सहयोगबारेमा उहाँ आफैंले धेरै पटक बोल्नुभएको भन्दै स्मरण गरेका थिए ।

    पूर्वराजदूत विजयकान्त कर्णले संयोजन गरेका भर्चुअल श्रद्धाञ्जली समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकी छोरी शर्मिष्ठा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र साउथ एसिया फाउन्डेसनका राहुल बर्माले मुखर्जीको निधनप्रति नेपाल र नेपालीले देखाएको समवेदना भावप्रति कृतज्ञता जनाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend