सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना नियन्त्रणमा ‘कन्टयाक्ट ट्रेसिङ’ प्रभावकारी

कोरोना नियन्त्रणमा ‘कन्टयाक्ट ट्रेसिङ’ प्रभावकारी

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०७७

  • 4.9K
    SHARES

  • कोरोना नियन्त्रणमा ‘कन्टयाक्ट ट्रेसिङ’ प्रभावकारी

    काभ्रे । कोभिड–१९ नियन्त्रणका लागि ‘कन्टयाक्ट ट्रेसिङ’ अभियान प्रभावकारी भएको सङ्क्रमणदर न्यूनीकरण तथ्याङ्कले देखाएको छ ।  

    कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले कन्टयाक्ट ट्रेसिङबाट काभ्रेपलाञ्चोकमा कोरोना भाइरस नियन्त्रणमा अपेक्षित उपलब्धी हासिल भएको जनाएको हो । 


    हाल जिल्लाका कूल सङ्क्रमितमध्ये ७० दशमलब ५९ प्रतिशत निको भई घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको स्वास्थ्य अवस्था सुधारोन्मुख भएकाले थप क्षति हुन नदिन पोष्ट र केन्द्र तल्लिन रहेको बताइएको छ । 

    “सङ्क्रमितसँग सम्पर्कमा रहेकाको तत्काल ट्रेसिङ गरी अन्यमा फैलन नदिन पोष्ट र केन्द्रको प्रयासमा ठूलो उपलब्धि हासिल भइरहेको छ, भाइरस नियन्त्रणमा कन्टयाक्ट ट्रेसिङको प्रभावकारितामा जोड दिइ यो अभियानको निरन्तरतामै छौँ” पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा।नरेन्द्र झाले भने ।

    उनका अनुसार काभ्रेपलाञ्चोकको प्रमुख शहरमा बाक्लो रुपमा सङ्क्रमण देखिएपछि कन्टयाक्ट ट्रेसिङ प्रक्रियालाई जोड दिइएको हो । उनले भने, “धुलिखेल अस्पतालको चिकित्सक विज्ञ टोलीले कन्टयाक्ट ट्रेसिङको गाइडलाइन बनाए, त्यसलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले पनि अङ्गीकार गरी सोही अनुसार हाल देशैभर कन्टयाक्ट ट्रेसिङलाई कोरोना भाइरस नियन्त्रणको मुख्य आधार बनाउँदै लगिएको छ ।” 

    उनले काभ्रेपलाञ्चोकको सङ्क्रमणको अवस्था, सङ्क्रमणमुक्तको तथ्याङ्क र स्वास्थ्यकर्मीको भूमिकाले कन्टयाक्ट ट्रेसिङलाई कोरोना भाइरस न्यूनीकरण तथा नियन्त्रणको आधार मानिएको दाबी गरे । 

    पोष्टका अनुसार कोरोना भाइरसको उच्च जोखिमसँगै सङ्क्रमणदर बढ्दै गएपछि जिल्लाको नगरमा कन्टयाक्ट ट्रेसिङका दुई टोली र गाउँपालिकामा एक टोली खटाइएको थियो । धुलिखेल नगरपालिकामा सङ्क्रमण समुदायमा फैलन थालेपछि एक हजारमा कन्टयाक्ट ट्रेसिङ गरी परीक्षणको प्रक्रिया थालेपछि हाल ‘मास टेष्टिङ’ गर्न थालिएको छ । 

    भैसेंपाटीस्थित इस्पाइनल इन्जुरी अस्पताल, धुलिखेल अस्पताल, जिल्ला प्रहरी कार्यालय, सङ्घीय प्रहरी इकाइ जनागाल, बनेपास्थित शिरमेमोरियल अस्पताल तथा बनेपामा सङ्क्रमण दर बढ्न थालेपछि कन्टयाक्ट ट्रेसिङमार्फत समुदायमा फैलन नदिएको प्रमुख डा।झाको भनाइ छ । 

    स्वास्थ्यकर्मी टोलीले कन्टयाक्ट ट्रेसिङ गर्ने र सङ्क्रमितको सम्पर्कमा आएकालाई पिसिआर परीक्षणको अपील गरेका कारण जिल्लामा सङ्क्रमण दर कम भएको पोष्टले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend