काठमाडौं- नेपाल विद्युत प्राधिरकणले ४ वर्षे कार्यकाल पुरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई औपचारिक रुपमा बिदाइ गरेको छ ।
मंगलबार प्रधिकरणमा बिदाइ कार्यक्रमको आयोजना गर्दै प्राधिकरणका कर्मचारीहरुले घिसिङको बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेल एवं उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालगायतको उपस्थिती रहेको थियो ।
बिदाइ कार्यक्रममा बोल्दै उपकार्यकारी निर्देशक शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् । त्यस्तै अध्यक्ष पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको टिप्पणी गरेका छन् ।
त्यस्तै बिदाइ मन्तब्य राख्दै उपकार्यकारी निर्देशक कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभैई प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरेको बताएका छन् ।
कुलमान घिसिङको पुर्ननियुक्तिका लागि सोमबार (हिजो)को मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगिने उर्जा मन्त्रालयले जनाएको थियो । यद्यपी मन्त्रिपरिषद्को बैठकले भने प्रस्ताव नै नआएको बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।