काठमाडौं- सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेकपाका वरिष्ठ नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ ।
२०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न २०७६ फागुन १४ गते बसेको नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो। तर, बीचमा मन्त्रिपरिषद्ले निर्णय नगर्दा आशंका उत्पन्न भइरहको थियो ।
यसबीच आजको मन्त्रिपरिषद्को बैठकले उनलाई राष्ट्रियसभा सदस्यमा सिफरिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै आइतबार (हिजो) ४ वर्षे कार्यकाल सकिएका नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको छैन् । स्रोतका अनुसार आज (सोमबार)को मन्त्रिपरिषद्को बैठकमा उनको पुर्ननियुक्तिको प्रस्ताव नगएको हो ।
यद्यपी उर्जामन्त्रालयले भने शुक्रबार नै घिसिङको पुर्ननियुक्तीको प्रस्ताव तयार पारेको र सोमबारको मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने बताएको थियो । यसबीच मन्त्रालयबाटै प्रस्ताव मन्त्रिपरिषद्मा नगएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।