काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमध्ये आधाभन्दा बढी संख्या काठमाडौं उपत्यकामा रहेको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो ।
देशभर पछिल्लो २४ घण्टामा १५ जनाले ज्यान गुमाएका थिए । काठमाडौंमा १ महिला र ५ जना पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको छ । त्यसैगरी भक्तपुर र ललितपुरमा १-१ जना पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरी जम्मा ५१२ जना संक्रमित थपिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।