काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको तयारी गरेका छन्। उनले २ बर्ष पुगेका सबै मन्त्रीलाई घर पठाउने तयारी गरेका छन्।
दुई बर्षे मापदण्ड अनुसार योगेश भट्टराई, घनश्याम भुषाल, वसन्त नेम्वाङ, शिवमाया तुम्बाहाम्फेको पद मात्रै सुरक्षित हुने छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि झण्डै दुई वर्ष मन्त्री भइसकेका छन् । उनलाई सञ्चारमा लगेर सरकारको प्रवक्ता बनाउने तयारी भएको छ । भुमिसुधारमन्त्री पद्मा अर्यालले निरन्तरता पाउने सम्भावना कम छ ।
अप्ठ्यारो पर्दा साथ दिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई पुनः मौका दिने पक्षमा ओली भएपनि पार्टीभित्र उनीहरुलाई सरकारबाट हटाउन एउटा समुह नै लागेको छ । पोखरेलविरुद्ध पूर्व एमालेको ठुलो तप्का लागेको छ भने बादलविरुद्ध पूर्व माओवादीकै समुह लागेका छन् । दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने मापदण्ड अनुसार मन्त्रीमण्डल पुर्नगठन भएमा पोखरेल र बादल पनि सरकारमा रहने छैनन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । उनी पनि यसपटक पुर्नगठनमा मन्त्री रहिरहने सम्भावना कम हुँदै गएको छ । बरु शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन लगाएर मन्त्रीमा ल्याउन खोजिएको छ । उनलाई भविष्यमा राष्ट्रियसभामा ल्याउने तयारी छ ।
लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन् । पूर्व माओवादीका गिरिराजमणि पोखरेल, विना मगर, वर्षमान पुन, शक्ति बस्नेतलगायतको पनि बिदावारीको सम्भावना छ । नारायणकाजी श्रेष्ठको उपप्रधानमन्त्रीसहित सरकारमा सहभागिता हुनसक्छ ।
बामदेव गौतम उपप्रधानमन्त्री सहित मन्त्री बन्ने सम्भावना बलियो छ । तर, उनलाई अर्थ नदिइने भएको छ । गौतमलाई गृहमन्त्रीमा लान खोजिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।