काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंका ४८३ ,भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा गौतमले जानकारी दिए।
यसअघि शनिबार ४ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार एक सय ५९ पुगेको छ ।
त्यसैगरी संक्रमणमुक्त भएर पछिल्ल्लो २४ घण्टामा १ हजा १ सय ७३ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ३८हजार ६ सय ९७ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार १ सय १७छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।